Thursday, December 22, 2011

किम जोङ इलका पाँच किस्सा

अमेरिका, वेलायत लगायतका राष्ट्रले मन नपराउने उत्तर कोरियाका दिवंगत नेता किम जोङ इल एकान्त मन पराउने नेता थिए । उनी मानवअधिकारको उल्लंघन, परमाणु बम र लामो दुरीको मिसाइलको परीक्षणका कारण अन्तराष्ट्रिय स्तरमा चर्चामा रहे । आफ्नो मुलुकभित्र निकै लोकप्रिय मानिएका किम विश्वबाट अलग रहेकाले पनि धेरैले नजिकबाट बुझ्ने मौका पाएनन् र उनको सधैँ विरोध भैरह्यो । उनीबारे विश्वमा सुनिने केहि रोचक कहानी :

उड्न डराउने

किम प्लेनमा उड्न डराउँथे । उनले निकै कम विदेश यात्रा गरे, जति गरे ट्रेनमा गरे । एकपटक रसियाको मस्को जाँदो उनी लग्जरी रेल कारबाटै यात्रा गरे । राष्ट्रपति दिमित्री मेदभेदेवसँग वार्ता गर्न गत अगष्टमा उनी रेलमा गएका थिए । आफ्ना छोरा किम जोङ अनलाई आफ्ना उत्तराधिकारी नियुक्त गर्ने विषयमा सहयोग माग्न उनी त्यहाँ पुगेका थिए । रेल यात्राका क्रममा उनको प्योङ्याङ सहरनजिकै मृत्यु भयो । उनीका देशका उद्योगपति तथा ठुला कृषकलाई सल्लाह दिन जाँदै थिए । उनको मृत्यु हृदयघातका कारण भएको हो ।

विग्रदो स्वास्थ्य

किमका बारेमा धेरै कथन पाइन्छन् । २००८ अगष्टमा एक जापानी प्रकाशनले किम २००३ मै मरिसकेको दावी गर्यो । उसले किमको डुब्लिकेटले जनतालाई भुलाइरहेको दावी गरेको थियो । ओलम्पिक टर्चका लागि किम नभई उनको बहुरुपिया गएको सो पब्लिकेशनले बताएको थियो । सन् २००९ मा भएको राष्ट्रिय चुनावमा किमले सशक्त भाग लिएको उत्तर कोरियाको समाचार एजेन्सीले बतायो ।

फेसनपारखी

उनी फेसनको क्षेत्रमा पनि एक आइकन थिए । उनको पहिरनको विषयमा खुबै चर्चा गरिन्थ्यो । खाकीको पाइन्छ र त्यहि रङको ज्याकेटमा सधैँजसो देखिने किमको पहिरन विश्वमै हिट थियो । उनी होचा थिए तसर्थ जुत्तामा चार इन्चको हिल राख्न लगाउँथे । दक्षिण कोरियन मिडियाका अनुसार उनले लगाउने गरेको ठूलो चस्मा भने हलिउडका अभिनेत्री हुँदै विश्वभर चर्चित भयो ।

परिकार बनाउन माहिर

सबैजसो अमेरिकी सामानमा रोक लगाएका किमले पश्चिमा बाहेकका परिवकार बनाउने बारे सोँचे । उत्तर कोरियाको समाचारपत्र मिन्जु जोसनले जनाएअनुसार किमले नयाँ स्यान्डविच अन्वेषण गरे त्यसको नाम थियो ‘डबल व्रेड विथ मिट’ ।

फिल्मप्रेमी

भनिन्छ किमसँग २० हजारभन्दा बढी फिल्मका सिडी र डिभिडीको संकलन थियो । उनले १९७८ मा दक्षिण कोरियाका फिल्म निर्देशक सिङ साङ ओक र उनकी श्रीमति चोइ युन हिलाई अपहरण गर्न आदेश दिए । यी दुबैलाई अलगअलग राखियो । किमले उनीहरुको अपहरण आफ्नो लागि फिल्म बनाउन गरेको बताएका थिए । ती दुबैले किमको लागि फिल्म बनाइदिएका थिए । पछि सन् १९८६ मा दुबै निर्देशक भाग्न सफल भए ।

No comments:

Post a Comment